रेनु दाहाल भन्छिन्ः धुर्मुस–सुन्तलीले बनाउन नसकेको रंगशाला सरकारले बनाउनुपर्छ

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : २६


भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तलीले बनाउन नसकेको रंगशाला सरकारले बनाउनुपर्ने बताएका छन्। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परेको उनको भनाइ छ।

शनिबार चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समक्ष उनले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताएकी हुन्।

पछिल्लो समय धुर्मुस–सुन्तली फाउन्डेसन १६ करोड ऋणमा छ। जसका कारण रंगशाला निर्माणको काम रोकिएको छ। यसै सन्दर्भमा रेणु दाहालले रंगशाला सरकारले बनाउनुपर्ने बताएकी हुन्।

‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’


प्रतिक्रिया दिनुहोस्