‘नेकपा एसलाई मुख्यमन्त्री दिनु बाध्यता, मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ४ : १५


विराटनगर। नवनियुक्त रक्षामन्त्री डा. मिनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन्।

मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा एसलाई मुख्यमन्त्री दिनु बाध्यता भएको बताए।

एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे। नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा एसलाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो।

हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए। प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन्।


प्रतिक्रिया दिनुहोस्