नेपाली कांग्रेसका प्रतिनिधिमण्डल भारतको लखनऊमा, मुख्यमन्त्री योगीसँग भेटवार्ता

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ५१


काठमाडौं। भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल उत्तर प्रदेशको राजधानी लखनऊ पुगेको छ। केन्द्रीय राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता सकेर कांग्रेस प्रतिनिधिमण्डल नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको लखनऊ र बनारस भ्रमणमा निस्किएको हो।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, सांसदहरु उदय शम्शेर राणा र अजय चौरासियाको प्रतिनिधिमण्डलले लखनऊमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ।

मुख्यमन्त्री कार्यालय लोकभवनमा भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र उत्तर प्रदेश–नेपालका जनताको सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको नेता राणाले जानकारी दिएका छन्।

मुख्यमन्त्री योगीले कांग्रेस प्रतिनिधिमण्डललाई स्वागत, सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्