प्रचण्डले ७० करोडवाला भनेपछि गोकुल बाँस्कोटा आक्रोशित, भन्छन्-‘सक्छौं भने जेल हाल’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : २३


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा आफ्नो आलोचना गरेको भन्दै पूर्व सूचना तथा सञ्चारमन्त्री गोकल बाँस्कोटाले आक्रोश व्यक्त गरेका छन।

बाँस्कोटा सञ्चारमन्त्री भएको बेला भएको ‘७० करोड टेप प्रकरण’को प्रसंग प्रचण्डले बाँस्कोटाको नामै नलिई एक कार्यक्रममा सुनाएका थिए।

एमाले काभ्रे-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई आज सम्बोधन गर्नेक्रममा गोकुलले प्रचण्डमाथि आक्रोश पोखे।

उनले अहिले गठबन्धनकै सरकार भएकाले छानबिन गरेर आफूलाई जेल हाल्न चुनौती दिए। प्रचण्डले आफ्नो बदनाम गराउन खोजेको गोकुलको आरोप छ।

सञ्चारमन्त्री हुँदा विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएबापत प्रचण्ड आफूविरुद्ध लागेको बाँस्कोटाको दावी छ।

बास्काटोले भने प्रचण्डले मलाई दबाब दिइरहे। तर दिनै नहुने लाइसेन्स दिएर नेपाल टेकिलम डुबाउने खेल मैले मानिन।

यस्तै अर्को एउटा कार्यक्रममा हेप्ने? भन्दै आफ्नो आलोचना गरेको भन्दै गोकुलले भने-‘प्रचण्डले भुक्दै हिड्नु पर्दैन, मैले भन्देको छु । तिमीहरुको कम्पर्टेबल सरकार छ, कम्फर्टेबल अदालत छ । सक्छौ भने छानविन गर, कारवाही गरेर जेल हाल । अस्ति मेरो नाम लिँदै पुष्पकमलले हामीलाई हेप्ने रु भनेछन्। हेप्ने नै हो, प्रचण्डलाई झारपातले त हेप्छन्, गोकुल बास्कोटा त एमालेको नेता हो । हेप्ने नै हो र हराइदिने हो । अब खुकुरी ,बन्दुक, ग्रिनेडको धाक नदिए हुन्छ।’


प्रतिक्रिया दिनुहोस्