धनुषामा ५ र ३ वर्षका छोरा हत्या गर्दै आत्महत्या गरिन् यी महिलाले…

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : १३


जनकपुरधाम। धनुषामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन्।

मजदुरीकै कामको लागि जनकपुरमा रहेका श्रीमान गुरुदेवसँग शुक्रवार साँझ गुडियाको फोनमा कुराकानी भएको थियो। केही वर्षअघि प्रेम विवाह गरेकी गुडियाललाई माइती पक्षले अझै स्वीकार गरेको थिएन।

घटना के कारणले भएको अहिलेसम्म नखुलेको बताउँदै जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले पारम्भिक अनुसन्धानमा महिला आफैले नबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने देखिएको बताए।

श्रीमान श्रीमतीबीच कुनै विवाद नरहेको र घरमा वृद्ध सासु ससुरामात्रै रहेकोले पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए। मृतक महिलाको शव पंखामा झुण्डिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्