मेस्सी, रोनाल्डोसहित यी ३० खेलाडी परे बालुन डि’ओरको मनोनयनमा…

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ०५


बार्सिलोनाबाट यस सिजन पीएसजीमा अनुबन्ध भएका लियोनल मेस्सी र युभेन्टसबाट म्यानचेस्टर युनाइडेड अनुबन्ध भएका क्रिस्टियानो रोनाल्डो यसपटक पनि बालुन डि’आर अवार्डको सूचीमा अटाएका छन्।

मेस्सी किर्तिमानी ६ पटकको बालुन डि’ओर अवार्ड विजेता हुन् भने रोनाल्डोले यो अवार्ड पाँचपटक जितिसकेका छन्। गत सिजन र हालसम्मको व्यक्तिगत प्रदर्शन र उपलब्धिलाई हेर्दा मेस्सीले यो अवार्ड सातौंपटक जित्ने लगभग पक्का भएको विश्लेषकहरु बताउँछन्।

यसपटक मेस्सी र रोनाल्डोसहित, नेमार जुनियर, केलिएन एमबाप्पे, रोवर्ट लेवानडोस्की, ह्यारी केन, मोहम्मद सलाहजस्ता स्टार खेलाडी पनि बालुन डि’ओरको मनोनयमा परेका छन्।

मार्काका अनुसार यी ३० खेलाडी बालुन डि’ओरको मनोनयनमा परेका छन्ः

फरवार्ड – रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)

मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)

गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)

डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)


प्रतिक्रिया दिनुहोस्