गैर सांसदलाई मन्त्री बनाइएकोमा गगन थापा पनि असन्तुष्ट, भन्छन्-‘खै हेक्का राखेको?’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ४५


काठमाडौं। गैर सांसदलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेपछि काँग्रेसभित्रै असन्तुष्टि देखिन थालेको छ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाका जेठान समेत रहेका काँग्रेस नेता गजेन्द्र हमाललाई प्रधानमन्त्री देउवाले वाणिज्य मन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेका बेला सत्ताधारी दल काँग्रेसभित्रबाट असन्तुष्टि सुनिन थालेको हो।

काँग्रेसका नेता गगन थापाले सामाजिक सञ्जाल मार्फत खै हेक्का राखेको भन्दै सो प्रसंग उल्लेख नगरि असन्तुष्टि जनाएका छन।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।’

गैर सांसदलाई मन्त्री बन्ने बाटो काुननले दिएपनि यस्ता खाले निर्णयको असर पछिसम्म पर्नेतर्फ थापाले बताएका छन्।

‘त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ’, गगनले प्रश्न गरेका छन्, ‘नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?।’


प्रतिक्रिया दिनुहोस्