नेपाल पक्षमा लागेर मन्त्री बनेकाप्रति शान्ताको व्यंग्य-‘क्रान्ति त राम्रैसँग गर्नेजस्तो देखियो’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ५२


काठमाडौं । माधव नेपाल पक्ष आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न सहयोगी बन्यो।

ओली सत्तामा रहँदा नेपाल पक्षका नेताहरु ओलीले देशमा प्रतिगमन ल्याएको भन्दै विरोध गर्थे।

सत्ता गठबन्धनको एक घटक रहेको नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी)का नेताहरु यसपटक सरकारमा सहभागी भएका छन।

ओली विरुद्ध खरोरुपमा प्रस्तुत हुने रामकुमारी झाँक्री लगायतका नेताहरु मन्त्रीबनेका हुन। नेकपा एमालेकी नेतृ एवं ओली निकट सांसद शान्ता चौधरीले मन्त्री बनेकाहरुलाई व्यंग्यात्मक रुपमा बधाई दिएकी छन।

‘पार्टी फोडेर मन्त्री हुने रहर पूरा गर्ने हाम्रा भूतपूर्व कमरेडहरूलाई हार्दिक बधाई छ। थारु समुदाय निल’, नेतृ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज विभाजनको पक्षमा लागे पनि हिजोदेखि दुःख गरेकाको मूल्यांकन राम्रैसँग गरिएछ। दलाल पुँजीवादका विरुद्ध लडेर क्रान्ति त राम्रैसँग गर्नेजस्तो देखियो।’

 

 


प्रतिक्रिया दिनुहोस्