भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा किशोरको मृत्यु

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ४२


काठमाडौं । भक्तपुरको राधेरोधमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
सूर्यविनायक नगरपालिका ५ राधेराधेमा सल्लाघारीबाट राधेराधे तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१७ प १०१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठक्कर खाँदा दुर्घटना भएको भक्तपुर प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सप्तरीको बर्निया घर भई काठमाडौं कोटेश्वर बस्ने १६ वर्षीय राम मण्डल रहेका छन। यस्तै एक अर्का युवक घाइते भएका छन।

 


प्रतिक्रिया दिनुहोस्