अनैतिक सम्बन्धबाट जन्मेको शिशु फाल्ने २ नेपाली कुवेतमा पक्राउ

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : १५


काठमाडौं । कुवेतमा अनैतिक सम्बन्धबाट जन्मेको शिशु फाल्ने २ नेपाली पक्राउ परेका छन।

नवजात शिशुलाई फोहोरको भाँडोमा फालेको आरोपमा ती महिलालाई पक्राउ गरिएको कुवेत प्रहरीले जानकारी गराएको नेपाली राजदूतावासले जनाएको छ। उनीहरुलाई कुवेतस्थित फरवानीया क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

उनीहरु नेपाली भएपनि पहिचान भने खुलाइएको छैन। दूतावासले कुवेत प्रहरीसँग सोधीखोजी गर्दा बच्चा जन्माएर फ्याल्ने दम्पती नभए प्रेमी जोडी भएको र उनीहरू दुवै जना अवैध रूपमा बसेर काम गरिरहेको पाइएको छ।

यस्तो कार्य गर्नेलाई कुवेतमा जन्मकदैसम्मको सजाय हुन सक्ने कानुनी प्रावधान छ। ती जोडीलाई अहिले प्रहरीले हिरासतमा लिएर कानुनी कारवाहीका लागि अदालतमा पेश गरिसकेको बताइएको छ।

अवैध र गैरकानुनी काम गर्नेको प्रतिरक्षा गर्न नसक्ने कुवेत स्थित दूतावासले प्रष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्