प्रधानन्यायाधीश राणालाई पदबाट हटाऔंः लेखक संग्रौला

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ५१


काठमाडौं । नागरिक अगुवा तथा वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई तुरुन्तै पदबाट हटाउनु पर्ने बताएका छन।

प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद् विस्तारमा राणाका जेठान गजेन्द्र हमाल पनि परेपछि चौतर्फी आलोचना भइरहेको छ।

‘यत्रो ववादबीच भागबण्डामा चोलेन सरका जेठान गजेन हमाल मन्त्री भर्ती? हैट,’ संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संसद बेचिखाने काजी हो! चुत्कट चोलेन हटाऊ, शक्ति पृथकीकण बचाऊ, निर्लज्ज चोलेन हटाऊ, शक्ति सन्तुलन बचाऊ। झुर चोलेन हटाऊ, बजारू पुँजीवादको लाज बचाऊ। लुब्ध चोलेन हटाऊ, सढाउ पुँजीवाद नि केही हो भन्ने भ्रम बचाऊ!’


प्रतिक्रिया दिनुहोस्