नेपालका तीन प्रदेशबाट मनसुन बाहिरिँदै

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ५३


काठमाडौं। यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको छ।

नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूर पश्चिमी प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन आजदेखि बाहिरिने भएको हो।

केही दिनमा बाँकी भूभागहरूबाट मनसुन बाहिरिने पूर्वानुमान गरिएको छ। नेपालमा मौसम बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही पर सरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्