देशका पार्टीले जनताको शिर ढालेभन्दै अशोक राईले गरे ‘शिर उभ्याउनी’

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ५२


खोटाङ। जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री अशोक राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पुर्खालाई टोपी लगाएर शिर उभ्याउनी गरेका छन्।

देशका पार्टीले जनताको शिर ढाल्ने काम मात्रै गरेकाले जनता समाजवादी पार्टीको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा नेता राईले टोपी लगाएर पुर्खाको शिर उभ्याउनी गरेका हुन्।

अन्य पार्टीले ढालेको जनताको शिर जनता समाजवादीले मात्र उठाउन सक्ने सन्देश स्वरूप शिर उभ्याउनी कार्यक्रम गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य एवं समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रबिन खम्बूले बताए। किराँती संस्कृतिमा आफूभन्दा ठूलोलाई अपमान गरिए शिर ढल्ने र शिर ढले शिर उभ्याउने प्रचलन छ।

‘शिर उभ्याउनुलाई सायेरेमा बतरेमा भन्ने गरिन्छ। खासगरी अहिले नेपालका पार्टीहरूले जनताको शिर ढाल्ने मात्रै काम गरेको छ,’ खम्बूले भने, ‘अब जनताको शिर जसपाले मात्रै उठाउन सक्छ भन्ने हो। स्थानीय पुर्खालाई टोपी ओढाएर शिर उभ्याउँदै सम्मान गरिएको छ।’


प्रतिक्रिया दिनुहोस्