ठूलो भवनको नवौं तलाबाट खस्दा बीएमडब्लू कुच्चियो, ज्यान जोगियो!

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : २४


अमेरिकाको न्युजर्सीमा एक व्यक्ति ठूलो भवनको नवौं तलाबाट खस्दा पनि बाँच्न सफल भएका छन्।

३१ वर्षका उनी बुधबार बिहानै एउटा भवनबाट सय फिट तल खसेका थिए। उनी पार्क गरिएको बीएमडब्लूमा खसेको बताइएको छ।

सय फिटमाथिबाट खस्दा कार कुच्चिए पनि उनको ज्यान भने जोगिएको डेली मेलले जनाएको छ।

उनी त्यतिमाथिबाट खस्दासमेत उनको अवस्था समान्य भएको बताइएको छ। यद्यपी उनको एउटा हात भने भाँच्चिएको छ।

यो घटनामा ती व्यक्तिको ज्यान जोगिनुलाई सामाजिक संजाल प्रयोगकर्ताले चमत्कारिक भनेका छन्।

The 31-year-old man, who has not been named, slammed through the roof of the black BMW and was seen in a bloodied state as he crawled from the wreckage in Jersey City on Wednesday morning at around 10.20am

As he stood up, with shards of glass and the broken car roof surrounding him, the man saw that his right arm was broken and asked witnesses: 'What happened?'

 

 


प्रतिक्रिया दिनुहोस्