भीम रावल भन्छन्ः प्रधान न्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइयो

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०१


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काँग्रेस पार्टीको तर्फबाट मन्त्री बनेका गजेन्द्र हमाल लक्षित टिप्पणी गरेका छन्।

गैरसांसद हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएपछि रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा उनलाई मन्त्री बनाइएको आरोप लगाएका हुन्।

यो कार्याले देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको उनको टिप्पणी रहेको छ।

उनले ट्विटरमा भनेका छन्,‘सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।’


प्रतिक्रिया दिनुहोस्