नेपाली काँग्रेसको प्रतिनिधिमण्डल छलफलको लागि भाजपा मुख्यालयमा

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ४४


काठमाडौंl भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरूसँग द्विपक्षीय वार्ता गरेको छ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतको नेतृत्वमा सांसदहरू उदयशम्शेर राणा र अजय चौरासियाको तीन सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छ।

शुक्रबार भाजपा मुख्यालयमा पार्टीका महासचिव डा।अरुण सिंह, कार्यकारिणी सदस्य डा। अनिरबान गांगुली, दार्जिलिङका लोकसभा सांसद राजु विष्टसहित विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग दुई राजनीतिक दलबीच सम्बन्ध बढाउने विषयमा छलफल भएको भाजपाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्