पूर्वराजा ज्ञानेन्द्र दशैँका कार्यक्रममा सहभागी नहुने, टिका लगाउने कार्यक्रम पनि छैन

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : २८


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन्।

पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ। यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो।


प्रतिक्रिया दिनुहोस्