बार्सिलोना फुटबल क्लबबाट मेस्सीको बहिर्गमन आश्चर्यजनक थियो किनभने मेस्सी बार्सा छाड्न चाहँदैन थिए। बार्साले पनि मेस्सी गुमाउन चाहँदैन थियो।
तर दुर्भाग्य, मेस्सी र बार्साबीचको सम्झौता सकियो जसका कारण बार्साले मेस्सीलाई आर्थिक अवस्थाका कारण राख्न सकेन। मेस्सीले आधा तलब घटाएर बार्साबाटै खेल्न चाहेका थिए।
तर अवस्था यस्तो थियो कि बार्सा अरबौं ऋणमा थियो। ऋणमा रहेको क्लबले धेरै तलब दिएर खेलाडी राख्न नसक्ने ला लिगाको नियमका कारण मेस्सीले अत्यन्तै न्यून तलबमा बार्साबाट खेल्नुपर्ने थियो।
आधा तलब घटाउँदा समेत बार्सामा बस्ने स्थिती नभएपछि मेस्सी पीएसजी तिर गए। त्यहाँ उनले आकर्षक तलब पाउँछन्। यतिबेला बार्साका प्रमुख जोआन लापोर्ताले मेस्सीसँग आफूले राखेको आशाबारे कुरा खुलाएका छन्।
उनका अनुसार जुनमा जब मेस्सी र क्लबबीच सम्झौता सकियो। बार्साले पुरै तलबमै मेस्सीलाई राख्न चाहन्थ्यो। तर ला लिगाको नियमले राम्रो तलबमा मेस्सी राख्न पाइएन। यतिबेला लापोर्ता भन्छन्,‘मैले यो सोचेको थिए कि मेस्सीले तलब बिना नै बार्साबाट खेल्नेछन्। उनले यो प्रस्ताव गर्छन् भन्ने मलाई लागेको थियो।’
उनका अनुसार मेस्सी र उनको सम्झौता अझै सुमधुर छ। मेस्सीले बार्सामा फेरि खेलाडीकै रुपमा फर्कने वाचा गरेका थिए। जसकारण उनले पीएसजीमा दुई वर्ष बिताएर फेरि बार्सामै खेल जीवन अन्त्य गर्ने अपेक्षा गरिएको छ। मार्काको सहयोगमा