नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : २०


काठमाडौंl राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन्। सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा सहभागी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागीता रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्