आर्यन खानको जमानत माग अस्वीकार, १४ दिन जेलमै बस्नु पर्ने

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ०५


क्रुज जहाजको पार्टीसँग सम्बन्धित लागुपदार्थको विषयमा गिरफ्तार भएका बलिउड अभिनेता आर्यन खानको जमानतमा छुट्न पाउनुपर्ने माग अदालतले शुक्रबार पनि अस्वीकार गरिदिएको छ।

यसको अर्थ अब उनी अझै १४ दिन जेलमै रहनेछन्। बीबीसीहिन्दीका अनुसार मुम्बईको अदालतले आर्यन खान, अर्बाज खान र मुममुन धमेचाको जमानतको माग खारेज गरिदिएको हो।

लागुपदार्थविरुद्धको सरकारी संस्थाले यससँगै आर्यनसहित ६ पुरुष र दुई महिला अभियुक्तलाई भायखला जेल पठाएका छन्। उनीहरुलाई त्यहाँ १४ दिन जेलमै राखिने बताइएको छ।

आर्यनलाई गत आइतबार लागुपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले गिरफ्तार गरेको थियो। क्रुज जहाजमा आयोजित रेभ पार्टीमा सहभागी उनीमाथि अनुसन्धान चलिरहेको छ।

सोमबार र आज शुक्रबार उनलाई जमानतमा छाड्नुपर्ने निवेदन अदालतमा परेको थियो। तर सबै निवेदन खारेज भएको हो।

रेभ पार्टी गोप्य रूपमा आयोजना गरिने रमाइलो कार्यक्रम हो। यो पार्टीमा लागुऔषध र मदिरा सेवन गर्ने मानिसहरु उपस्थित हुन्छन् र ठूलो स्पिकरमा घन्काइने गीतमा मात्तिएका मानिसहरु नाच्छन्। यस्तो पार्टीमा यौन सम्पर्क पनि हुने गर्छन्।

यो पनिः  शाहरुख खानका छोरा उपस्थित रेभ पार्टी के होरु त्यहाँ के हुन्छ?


प्रतिक्रिया दिनुहोस्