विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले बलात्कारसम्बन्धी १२ वर्ष पुरानो मुद्दाबाट छुट्कारा पाउने भएका छन्।।
अमेरिकाको नेभाडास्थित एक अदालतले उक्त मुद्दा खारेज गर्न सिफारिस गरेसँगै उनलाई राहत मिलेको हो।
बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध क्याथरिन मोयार्गाले दर्ता गरेको देवानी मुद्दालाई अमेरिकाको अदालतले खारेज गर्न सिफारिस गरेको छ।
अदातलको उक्त निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त हुनेछन्।
उक्त घटनासम्बन्धी फौजदारी मुद्दालाई अदालतले यसअघि नै खारेज गरिसकेको छ।