नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : १०


काठमाडौं/ नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले भने।


प्रतिक्रिया दिनुहोस्