दोहा । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि विस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन् । इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति पनि संक्रमणविरुद्ध निरन्तर सावधानी अपनाउनुपर्ने उल्लेख छ ।
इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो । त्यस्तै, कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो ।
पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ । अध्ययन बेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।