अफगानिस्तानलाई सहयोग गर्न रसियाले डाक्यो अन्तर्राष्ट्रिय समुदायको बैठक

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ४६


काबलु । रसियाले अफगानिस्ताबारे अन्तर्राष्ट्रिय समुदायको बैठक आयोजना गर्ने भएको छ।

मस्कोले यही २० अक्टोबरमा बैठक आयोजना गर्न लागेको हो। बैठकमा तालिवान प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ।

तालिवानलाई आर्थिक, मानवीयलगायतका सहयोग गर्न आयोजना हुने वैठकमा चीन, भारत, पाकिस्तान, इरानका प्रतिनिधि सहभागी हुनेछन्।

रसियाले अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा यसअघि पनि विभिन्न देशका नेताहरूसँग छलफल गरेको थियो।

बैठकअघि १२ अक्टोवरमा आयोजना हुने जी–२० सम्मेलनमा अफगानिस्तलाई मानवीय संकटबाट जोगाउने विषयमा छलफल हुनेछ।

अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्