भिनाजुको घर आएकी युवतीको मृत्यु, दाहसंस्कार गर्दागर्दै प्रहरीले नियन्त्रणमा लियो शव

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ४२


वीरगन्जमा आफ्नो भिनाजुको घरमा आएकी एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी १९ बर्षीया किशेरी छन।

ती किशोरी पर्साको जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन्।

उपचारका लागि वीरगन्ज आएकी उनी केहि दिन यता दिदी-भिनाजूको घरमा बस्दै आएकी थिइन्।

अचानक मृत्यु भएपछि स्थानीयले आज गाड्नै लागेको उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा दाहसंस्कार गर्दागर्दै प्रहरीले उनको शव नियन्त्रणमा लिएको हो।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।

जर्बजस्ती करणीपश्चात अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको सूचना प्रहरीले पाएपछि शवलाई नियन्त्रणमा लिइएको हो।

युवतीको घाँटी तथा शरीरका अन्य भागमा निलडाम देखिएको बताइएको छ।

पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले उनीमाथि जबरजस्ती करणी गर्दा रक्तस्राव भएर उनको मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन्।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

तस्विर: भूषण यादव


प्रतिक्रिया दिनुहोस्