कपिलवस्तुमा कारमा सवार व्यक्तिमाथी गोली प्रहार, आठ लाख लुटियो

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : १९


कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ।

बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी-४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ।

गोली प्रहारबाट प्र-३-०१-२३ च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस्