कस्तो छ आजको मौसम ?

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ४७


काठमाडौं । आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । शनिबार मुलुकका कयौं स्थानमा वर्षाको सम्भावना छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर रहेको न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ ।


प्रतिक्रिया दिनुहोस्