नेकपा (एस)ले टुंग्यायो मन्त्रीको नाम: आले पर्यटनमन्त्री, झाँक्री स्वास्थ्यमन्त्री

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : १६


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ।

सो पार्टीका अनुसार विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्।

यसअघिको सरकारमा वनमन्त्री भइसकेका प्रेम आले अब देउवा सरकारमा पर्यटनमन्त्री हुने लगभग पक्कापक्की भएको छ।

मन्त्रीबाट हटेपछि उनी ओलीसँग असन्तुष्ट भएर माधव नेपालसँग लागेका थिए।

यस्तै नेतृ झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्।

मकवानपुरबाट निर्वाचित सांसद विरोध खतिवडा सहरी विकास मन्त्री हुँदैछन्।

यसैगरि तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन।

उनले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्