बेलायतले ‘रेड लिस्ट’बाट नेपाललाई हटायो

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०३


काठमाडौं । बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेको थियो ।

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामी सोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।

अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टीनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।


प्रतिक्रिया दिनुहोस्