आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउँदै माधव नेपाल

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ५५


काठमाडौं । सत्ता गठबन्धनको एक घटक माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम आज टुङ्गो लगाउँदै छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारलाई पूर्णता दिने तयारी गरेपछि सो दलले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्न लागेको हो।

मन्त्रीको नाम टुंगो लगाउने आज बिहान बस्ने ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने छ।


प्रतिक्रिया दिनुहोस्