साफ च्याम्पियनसिप : माल्दिभ्सको पहिलो जित

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ५३


काठमाडौं । बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १–१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाए । जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १–० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ । तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्