प्रहरीमा जागिर खान चाहनुहुन्छ? ६ सय जनाका लागि खुल्यो भर्ना

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ४३


काठमाडौं। नेपाल प्रहरीले विभिन्न पदका लागि करिब ६ सय जना प्रहरी माग गरेको छ।

प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलाएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ।

प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ। उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ।

 

 


प्रतिक्रिया दिनुहोस्