कपिलवस्तुमा फैलियो झाडाबान्ता रोग: ४ सय बिरामी, १० को अवस्था गम्भीर

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ३२


कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ।

सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म त्यहाँ करिब ४०० जना विरामी परेका छन्।

लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन गरेर स्याम्पलहरु टेस्टको लागि प्रयोगशालामा पठाएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले विहिबार विहान ८ बजेसम्म गराएको अपडेट अनुसार हाल शिवराज अस्पतालमा मात्र हाल ११० जना उपचाररत छन्।

जसमध्ये २० जना समान्य, ८० मध्यम र १० जना जटिल प्रकृतिका विरामी रहेका छन्।

स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेका अनुसार २२८ जना डिस्चार्ज हुँदा जटिल ३२ विरामीलाई अन्त रिफर गरिएको छ। हाल सम्म २ जनाको मृत्यु भएको छ।

अझै बिभिन्न वडामा फैलन क्रम रहेकोले सचेतता अपनाउन उनको आग्रह छ।

२१ औँ शताब्दीमा कपिलवस्तु कुन स्थितिमा छ भन्ने कुरा झाडापखालाबाट प्रष्टिएको भन्दै निर्वाचित जनप्रतिनिधिलाई उनले ध्यानाकर्षण गराए।

नगर प्रमुख रजत प्रताप शाहले महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस्