आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ५४


मुम्बई क्रुज पार्टीमा गिरफ्तार भएका शाहरुख खानका छोरा आर्यनलाई अझै १४ दिनसम्म न्यायिक हिरासतमा राखिने भएको छ।

उनलाई जमानतमा छाड्ने या नछाड्ने विषयमा भने शुक्रबार सुनुवाई हुने बीबीसीहिन्दीले जनाएको छ। अग्रिम जमानत र नियमित जमानतको लागि आर्यनको वकिलले आवेदन दिइसकेका छन्।

आर्यनलाई गत आइतबार लागुपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले गिरफ्तार गरेको थियो। क्रुज जहाजमा आयोजित रेभ पार्टीमा सहभागी उनीमाथि अनुसन्धान चलिरहेको छ।

सोमबार मात्र उनलाई जमानतमा छाड्नुपर्ने निवेदन अदालतमा परेको थियो। तर उनलाई बिहीबारसम्म जमानतमा राख्द अदालतले आदेश दिएको थियो।

आज पनि उनलाई १४ दिनसम्म न्यायिक हिरासतमा राख्ने आदेश भएको हो। मुम्बईको किला अदालतले यस्तो फैसला गरेको हो। यद्यपी जमानतमा छाड्ने या नछाड्ने विषयमा भोलि बहस हुनेछ।

रेभ पार्टी गोप्य रूपमा आयोजना गरिने रमाइलो कार्यक्रम हो। यो पार्टीमा लागुऔषध र मदिरा सेवन गर्ने मानिसहरु उपस्थित हुन्छन् र ठूलो स्पिकरमा घन्काइने गीतमा मात्तिएका मानिसहरु नाच्छन्। यस्तो पार्टीमा यौन सम्पर्क पनि हुने गर्छन्।

यो पनिः  शाहरुख खानका छोरा उपस्थित रेभ पार्टी के होरु त्यहाँ के हुन्छ?


प्रतिक्रिया दिनुहोस्