महिनावारीका बेला गर्न हुने र नहुने कामहरु…

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ४६


महिनावारी अर्थात् रजस्वला महिलाको शरीरको एउटा प्राकृतिक प्रक्रिया हो। योसँग अनेक अन्धविश्वास जोडिएका छन्। यद्यपी हामीले यसका वैज्ञानिक पक्षमा बढी ध्यान दिन आवश्यक छ। जसले गर्दा स्वास्थ्य बिग्रिन नपाओस्।

महिनावारी भएका बेला केही सावधानी अपनाउनुपर्ने हुन्छ। अन्यथा स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ।

फास्टफुड नखाऔं
महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फुड खान हुँदैन। यस्ता खानेकुरामा शरीरलाई चाहिने भिटामिन र मिनरल्स हुँदैनन्, जसले गर्दा स्वास्थ्य कमजोर हुन्छ।

पर्याप्त सुत्नुहोस्
कम्तीमा ८ घण्टा मस्तसँग निदाउनुपर्छ। निद्रा पुगेन भने शरीर कमजोर बन्दै जान्छ र टाउको तथा शरीर दुख्नेजस्ता समस्या सुरु हुन्छन्।

ब्रत नबस्नुस्
महिनावारीका बेला शरीरलाई पर्याप्त पौष्टिक खानेकुरा आवश्यक हुन्छ। तसर्थ यस्तो बेला व्रत बस्दा शरीरले आवश्यक भिटामिन तथा मिनरल्स पाउन सक्दैन र शरीर कमजोर भई स्वास्थ्य बिग्रिन्छ।

यौन सम्पर्क
कतिपय यौनविज्ञ महिनावारीका बेला पनि यौन सम्पर्क गर्न सकिने बताउँछन्। तर यस्तो बेला यौन सम्पर्क नगर्दा नै राम्रो हुन्छ। किनभने महिनावारीका बेला यौन सम्पर्क गर्दा संक्रमण हुने जोखिम हुन्छ। साथै अन्य असजिलो तथा पीडा पनि हुन्छ।

कसरत
महिनावारीका बेला धेरै तथा कठिन किसिमका कसरत गर्दा शरीरमा रक्त प्रवाह बढ्छ। जसले गर्दा पेट दुख्ने तथा अत्यधिक रक्तश्राव हुने समस्या आउन सक्छ। हल्का र शरीरलाई धेरै गाह्रो नपर्ने व्यायाम भने गर्न सकिन्छ।

सरसफाइमा ध्यान दिऔं
महिनावारीका बेला रक्तश्रावका कारण यसै पनि शरीर फोहोर भइरहन्छ। त्यसैले यस्तो बेला सरसफाइमा ध्यान नदिँदा विभिन्न संक्रमणको खतार हुन्छ। प्याड, कपडा वा अन्य सामग्री नियमित रूपमा निर्मलीकरण वा सफा गरेर मात्र प्रयोग गर्नुपर्छ।

महिनावारीका बेला गुप्तांग सफा गर्न रासायनिक वस्तु प्रयोग गर्नु हानिकारक हुन्छ। संक्रमण हुने जोखिम हुन्छ। यस्तै महिनावारीका बेला धेरै कफी पिउँदा शरीरमा पानीको मात्रा घट्छ र पेट दुख्ने समस्या बढ्न सक्छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्