काठमाडौं संभावना बोकेको गीतलाई नयाँ भर्सनमा तयार गरेर भिडियोसहित दर्शक तथा श्रोतामाझ पुर्याउने काम गरिरहेको केन्द्र मोसनले नयाँ गीत ‘सरकारी अड्डा’ सार्वजनिक गरेको छ।
रचना रिमाल र पदम राईको स्वर रहेको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन्।
पछिल्लो म्युजिक भिडियोलाई म्युजिकल फिल्मको शैलीमा दर्शक समक्ष प्रस्तुत गरिरहेका निकेश खड्काले यसलाई निर्देशन गरेका छन्। फिल्मसमेत निर्देशन गरिसकेका निकेशले म्युजिकल फिल्म बनाउँदा काम देखिने बताए। ‘नचाउने त छँदै छ साथमा कथा भएमा हाम्रो सोचाइलाई दर्शकसम्म पुर्याउन सहज हुन्छु, उनले भने,‘तर, यसमा धेरै समय लाग्ने भएकाले थोरै भिडियो निर्माता मात्र सहमत हुने गर्छन्।’
(भिडिओ)
भिडियोमा अभिनय गरेकी स्वस्तिमाले सेनाप्रति आफ्नो विशेष लगाव रहेको बताइन्। आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुबा पनि सैनिक भएकाले यस्तै थिमको गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन्।