भाजपाको निमन्त्रणामा कांग्रेस प्रतिनिधिमण्डल भारत प्रस्थान

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : २२


काठमाडौं/ नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ।

सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली नयाँ दिल्ली प्रस्थान गरेको हो। यो भ्रमणलाई नेपाल र भारतबीचको सम्बन्ध सुधारका रुपमा लिइएको हो।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन्। चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए।

दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्