जुम्लामा पूजाआजा गर्ने क्रममा आगलागी

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : १२


जुम्ला। जुम्लाको तोतोपानी गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ। माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो।

बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए।

आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ।


प्रतिक्रिया दिनुहोस्