राजेश हमालको फोटोलाई अतिथि बनाएका बस्नेतले अन्तत: भेटे हमाल

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ४ : ०७


राजेश हमाललाई आफूले महानायक मान्न नसक्ने बताएपछि चलचित्र निर्माता शोभित बस्नेको चर्को आलोचना भएको थियो।

त्यसपछि उनले हालै माफी माग्दै आफूले अबदेखि राजेश हमाललाई नै महानायक मान्ने भन्दै हमालको फोटोलाई नै आफ्नो चलचित्र प्रमोसन कार्यक्रममा अतिथि बनाएका थिए।

यतिबेला तिनै शोभित बस्नेत र राजेश हमालबीच भेट भएको छ। भेटका क्रममा शोभितले हमाल नै ‘महानायक’ भएको दोहोर्याएका थिए।

तर नायक हमालले भने शोभितलाई चलचित्र क्षेत्रमा कति बर्ष बिताउनुभयो भनेर सोधेका थिए। शोभितले २६ बर्ष भयो भनेपछि हमालले आफूले ३१ बर्ष यो क्षेत्रमा बिताइसकेको जवाफ दिएका थिए।

सो क्रममा राजेश हमालले यो क्षेत्रमा लामो समय बिताइसकेकाले अब आफूहरुको काम र योगदानको बिषयमा कुरा गर्नुपर्ने बताएका थिए। उनले महानायक र महानायिका विवादमा फस्न नहुने बताउँदा सोभित बस्नेत सहमत भएका थिए।


प्रतिक्रिया दिनुहोस्