माधव नेपाल भन्छन्ः पतन भइसकेको एमालेको विधान महाधिवेशन तमासा हो

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : ४९


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पतन भइसकेको बताएका छन्।

उनले यही असोज १५ देखि १७ सम्म आयोजित एमालेको पहिलो विधान महाधिवेशनलाई पनि तमासाको संज्ञा दिएका छन्।

पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकअघि बिहीबार एमाले नेता भानुभक्त जोशीलाई एमालेमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको पनि नेपालको आरोप छ।

उनले भनेका छन्,‘नेकपा एमाले पतनको दिशामा गइसकेको छ। अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ। अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकाल्नु भयो।’


प्रतिक्रिया दिनुहोस्