नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ।
एमालेले सूर्यभित्र हँसिया–हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेपछि माओवादीले कानुनी उपचार खोज्ने चेतावनी दिएको हो।
हँसिया–हथौडा माओवादिको आधिकारिक चुनाव चिन्ह हो। तर असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गर्दै सूर्यसँगै हँसियाहथौडालाई पनि आफ्नो चुनाव चिन्ह्मा अटाएको छ।
आफ्नो चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए।