फ्रान्सले ५० लाख डोज कोभिड खोप चोरेको बेलायतको आरोप

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १२ : ३९


बेलायत । आफ्नो देशतर्फ आउँदै गरेको करिब ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको बेलायतले आरोप लगाएको हो ।

बेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्यान्डबाट ‘डाइर्भट’ गरिएको बेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफावा चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई वेलायत पठाउन रोक्ने चेतावनी दिएको वेलायतको दाबी छ ।

२२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप बेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको बेलायतको दाबी छ । खोप फिर्ता हुँदा बेलायतलाई ठूलो नोक्सान भएको उसको भनाई छ । तर, बेलायतको आरोपलाई एस्ट्राजेनेकाले अस्वीकार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्