अबुधाबीको दूतावासमा फसेको अफगान मैनाका कारण दुःखी छन् फ्रान्सेली राजदूत

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १० : ४०


अबुधाबी । आफूसँग लामो समयदेखि बसेको चरालाई मालिकले अकस्मात छोडेर जाँदा उसले कस्तो महशुस गर्ला ? संभवतः पशुपंक्षीको भावना बुझ्नेलाई मात्र यसबारे थाहा हुन्छ । अबुधाबीस्थित फ्रान्सका लागि युएईको दूतावास भवनको एउटा पिन्डजाभित्र रहेको जुजीले अहिले आफूलाई हुर्काउने मालिकसँग छुट्दाको छट्पटी अनुभूति गरेको छ ।

१५ अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि काबुल छोड्न चाहने आमअफगानीको संख्या उल्लेख्य थियो । अधिकांश अफगानी काबुलमा खटिएका विदेशी सेनाको पछि लागेर उनीहरूसँगै फर्किएका थिए ।

ती मध्येकै एक अफगान महिला पनि फ्रान्सेली सेनासँगै राजधानी काबुल छोडेकी थिइन् । उनी फ्रान्स फर्किदा वर्षैैंदेखि आफूले पालेको मैना चरी ‘जुजी’ लाई पनि सँगै लगेकी थिइन् । तर, आबुधाबीमा पुगेपछि सफाईको कारण देखाउँदै विमानस्थलका कर्मचारीले जुजीलाई फ्रान्स उड्न अनुमति दिएनन् ।

ती महिला तत्कालै रून थालिन । तर, उनको केही लागेन् । जुजीलाई विमानस्थलमै छोड्नु पर्ने भयो । त्यही बेलामा उनको भेट अबुधाबीका लागि फ्रान्सका राजदूत जेभियर चटेलसँग भयो । उनको समस्या सुनेपछि राजदूतले जुजीलाई फ्रान्सको दूतावास लगेर रेखदेख गर्ने प्रस्ताव गरे ।

राजदूतको प्रस्तावपछि ती महिलाले तत्कालै ‘हुन्छ’ भनिन् । अहिले पनि जुजी दूतावास भवन छ । अफगानी भाषा बोल्ने बानी परेको जुजी अहिले एक/दुई ओटा फ्रान्सेली भाषा बोल्न सिकेको छ । तर, आफूलाई लामो समयदेखि हुर्काउने मालिक नदेख्दा कहिलेकाही टोलाउँछ ।

उसको पीडा राजदूत चटेलले पनि बुझेका छन् । तर, उनीसँग तत्काल अर्को विकल्प छैन् । आफूले कुनै दिन मालिकसँग जुजीको भेट हुने उनले विश्वास व्यक्त गरेका छन् । जुजीको पीडाले आफूलाई झन् नरमाइलो लागेको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्