आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उपत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : ३७


काठमाडौं । दसैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट (सडक अनुमति)हटाएको छ । दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन । अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्