आन्दोलनपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा बढ्यो

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ४४


बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडादर बढाएको छ।

प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा बढेको हो। यातायात व्यवसायीको आन्दोलनपछि भाडा बढाइएको हो।

यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा बढेको छ।

जसअनुसार ५ किलोमिटर दुरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी भएमा ३५ रुपैयाँ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको हो।


प्रतिक्रिया दिनुहोस्