‘भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ’

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ५२


काठमाडौं/ सरकारले भोलि पूर्णता पाउने भएको छ। सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन्।

‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ।’

हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो। बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा एस र जसपाले चार–चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए।

सत्तारुढ तीन दलले एक–एक राज्यमन्त्री पाउने सहमति गरेका छन्।


प्रतिक्रिया दिनुहोस्