भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री खड्का, कोभिशिल्ड खोपबारे छलफल

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : २७


काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धको सबै महत्वपूर्ण पक्षहरुमा सार्थक छलफल भएको थियो।

भारतबाट आउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप आपूर्तिको बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी राजदूत क्वात्राले भेटमा विविध क्षेत्रहरुमा साझेदारीलाई निरन्तरता दिनेबारे सकारात्मक कुराकानी भएको उल्लेख गरेका छन्।

परराष्ट्रमन्त्री खड्कासँग आजै नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले पनि भेट गरेका छन्। भेटमा पारस्परिक हितको मामिलामा दुई देशहरुबीच सहयोग र साझेदारीलाई विस्तार गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्