परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने र नभएको खण्डमा अमेरिकालाई नेपालको हितमा छैन भनेर भन्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले त्यस्तो बताएका हुन्। उनले एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै अगाडि बढ्नसक्ने उल्लेख गरे।
‘एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो। हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्नेरु’ उनी प्रश्न गर्छन।
खड्काले सो क्रममा एमसीसीबारे तत्कालिन माओवादी र काँग्रेसको गठबन्धन सरकारले नबुझीकन हस्ताक्षर गर्दा अहिले समस्या भएको पनि जिकिर गरे।