डिभी चिठ्ठा आज रातिबाट खुल्दै, अमेरिका जाने गज्जबको अवसर

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ४२


सन् २०२३ को डाइभर्सिटी भिसा डिभीको आवेदन आज रातिबाट खुल्दैछ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आजराति ९ बजेर ४५ मिनेट गएपछि डिभीको आवेदन दिन सकिनेछ। कार्तिक २३ सम्म आवेदन दिन सकिने दूतावासले जनाएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू र्भनुपर्नेछ। आवेदन दिनेहरुले तलका उल्लेखित कुरामा ध्यान दिनुपर्छः

१. आवेदनको लागि दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।

डिभी भर्नको लागि १२ कक्षा पास वा सो सरहको योग्यता हुनुपर्नेछ। आवेदकसँग राहदानी अवश्य हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्