नेपालमा थप १०४३ कोरोना संक्रमित थपिँदा १२ को मृत्यु

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : १९


नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा एक हजार ४३ जनामा संक्रमण पाइएको हो।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार १९४ जना छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन्।

पछिल्लो २४ घन्टामा ८९१ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७२ हजार २२९ छ। नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ।

हाल देशभर ३३८ जना सघन उपचार कक्ष (आईसीयू), ११५ जना भेन्टिलेटर, १४ हजार ९७५ जना होम आइसोलेसन, एक हजार २१९ जना संस्थागत आईसोलेसन र ४६७ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्